Dr. Nawa Raj Subba
2023
सूचना, तथ्य, ज्ञानको क्रमबद्ध सङ्कलन, विश्लेषण र प्रस्तुतीकरणलाई सामान्य भाषामा अध्ययन भनिन्छ। तर यसले मात्र अध्ययनको परिभाषा पूर्ण हुँदैन। विद्यमान सूचना, ज्ञानको आधारमा तर्कपूर्ण विश्लेषण सहितको नयाँ ज्ञान हासित, सिद्धान्त प्रेरितीकरण वा निर्माणलाई अनुसन्धान भनिन्छ। नयाँ अवधारणा, विधि र बुझाइ सहित अनुसन्धान गर्ने गरिन्छ। यसलाई सजिलै बुझिने भाषामा भन्नुपर्दा कुनै ज्ञान र सिद्धान्तमाथि तार्किक तर्क राख्नु नै शोधको मूल मान्यता हो। तर्कवितर्कबाट निस्कने ज्ञानलाई पुनः थप तर्कवितर्क गरेर मात्र हामी अनुसन्धानको निष्कर्षमा पुग्दछौँ। प्रस्तुत अध्ययनमा कटौतीकरण (Deduction) र प्रेरितीकरण (Induction) सिद्धान्त अवलम्बन गर्दै विश्लेषण, संश्लेषण कार्य सम्पन्न भएको छ। एकातिर उपलब्ध सिद्धान्त अध्ययनबाट उत्पन्न परिकल्पनालाई प्रमाण अवलोकन पश्चात तथ्य निरूपण गरिएको छ भने अर्कातिर भेटिएका देखिएका प्रमाणको ढाँचा हेरेर परिकल्पना गरी थप प्रमाणको आधारमा तथ्यहरूलाई सङ्गठित बनाई सिद्धान्त प्रेरितीकरण र निर्माण भएको छ। ज्ञानको अवस्था सत्तामीमांसा (Ontology) कस्तो छ? यसमा आदिभौतिक ज्ञानको विस्तृत अध्ययन गरिएका छन्। भरपर्दा ज्ञानको अवस्था ज्ञानमीमांसा (Epistemology) के कस्ता छन्? तिनको पनि अध्ययन गरिएको छ। अध्ययनमा कत्तिको मूल्यमीमांसा (Axiology) अपनाइएको छ? यसमा जातीय, राजनीतिक, भौगोलिक आदि कुनै पनि आग्रह पूर्वाग्रह नराखी प्राज्ञिक मूल्य र मान्यतालाई विशेष जोड दिइएको छ। अध्ययन रणनीति (Research Strategy) मा यो मिश्रित प्रकृतिको छ। यो एकातिर अनुर्दैध्य अन्वेषणात्मक (Longitudinal Exploratory) रहेको छ भने अर्कातिर प्रजातिवर्णन (Ethnography) मा पनि अध्ययनले दृष्टि पुर्याएको छ। सामाजिक–जैविक सिद्धान्तले प्रजातिवर्णन चिरफार गरिएको छ। पद्धति (Approach) मा पनि यो मिश्रित प्रकृतिको छ। यो अनुसन्धान एकातिर विषयवस्तुबाट स्वतन्त्र रहेर ठोस प्रमाणमा आधारित अध्ययन सकारात्मकवाद (Positivism) मा आधारित छ। अर्कातिर शोधकर्ता स्वयम् शोध शीर्षकको विषयवस्तु भएकाले उसमा रहेका ज्ञान र दृष्टिकोण समेत घटनाक्रम अध्ययन (Phenomenology) दृष्टिकोण समेत अध्ययनमा परेको छ।
Read this work at the World Public Library (library card needed).